दँशैका लागि असोज १८ देखि बैंकमा नयाँनोट

Nepal Rupees Bundleकाठमाडौं १५ असोज । नेपाल राष्ट्र बैंकले यसपटकको दसैंका लागि असोज १८ देखि नयाँ नोट साट्ने व्यवस्था गर्नेभएको छ । राट्रबैंकले निष्काशन गरेका नयाँनोट असोज १८ देखि बैँक तथा वित्तिय संस्थाहरुलाई सटहीको सुविधा दिन लागेको हो । बैंक तथा वित्तीय संस्थाले केन्द्रिय बैंकको बालुवाटार कार्यालयबाट यो सुविधा लिन सक्नेछन् ।
सर्वसाधारणको लागि भने घटस्थापनाको दुइ दिनअघि अर्थात असोज २४ गतेबाट नयाँ नोट सटही सुरु गर्ने राष्ट्र बैंकले बताएको छ । काठमाण्डौका जनताले राष्ट्र बैंकको थापाथली कार्यालयबाट र काठमाण्डौ बाहिर जनताले राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट साट्न सक्नेछन् ।राष्ट्र बैंकले आफ्ना कर्मचारी, नेपाली सेना र प्रहरीका लागि पनि असोज २४ देखि कात्तिक २ गतेसम्म सटही गर्न पाउने गरी छुट्टै काउन्टरको व्यवस्था गरेको छ ।
यसपटकको दँशैका लागि सटही गर्न राष्ट्रबैंकले ५७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरका नयाँनोट छुट्याएको छ ।अघिल्लो वर्षको भन्दा योपटक करिब १० अर्ब बढीको नयाँ नोट राष्ट्र बैंकले दसैंमा वितरण गर्न लागेको राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । गत वर्ष ४७ अर्ब ४१ करोड ९० लाखबराबरका नयाँ नोट सहटी भएको थियो ।
यसपटक दँशैका लागि एक जना सर्वसाधारणले २२ हजार रुपैयाँ बराबरको मात्र नयाँ नोट साट्न पाउने पंगेनीले बताए । जसअनुसार ५ , १० र २० रुपैयाँ दरका नोट दुई/दुई बन्डल तथा ५० र १०० रुपैयाँ दरको १÷१ बन्डल मात्र एक जनाको भागमा पर्नेछ । बैंक तथा वित्तीय संस्थाका लागि भने नयाँ नोट साट्न सक्ने रकमको सीमा तोकिएको छैन । बैंकहरूको हकमा भने मागअनुसार नयाँनोट दिईने पंगेनीले बताए ।