एघारजना डिआर्इजी एआर्इजीमा बढुवा, पहिलोमा बमबहादुर

काठमाडौँ । सरकारले नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

यसअघि गृहमन्त्रालयको बढुवा समितिले गरेको सिफारिस अनुसार बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बठैकले उनीहरुलाई एआईजीमा बढु्वा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा भएका हुन् ।

बढुवा हुुने प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई छन् ।

तत्कालीन पुष्पकमल दाहाल सरकारले प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका जयबहादुर चन्द दोस्रो नम्बरमा रहँदै बढुवा भएका छन् । एक नम्बरम बमबहादुर भण्डारी रहेका छन्।

दाहाल सरकारले सुरुमा चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । तर, आईजीपीका दाबेदार नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले उनको नियुक्ति खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आईजीपीमा बढुवा गरेको छ । त्यसविरुद्ध पनि सिलवाल अदालत गए । जुन मुद्दा अझै विचाराधीन अवस्थामा रहेको छ । त्यहीकारण सिलवालको बढुवा पनि रोकिएको छ।

त्यसैगरी सरकारले भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागू औषध नियन्त्रण ब्यूरो प्रमुख सिफारिस गरिएको छ ।