देवी ज्ञवालीका छोरा निरब २५ हजार धरौटीमा रिहा

काठमाडौँ- भरतपुर महानगरपालिकामा एमाले उम्मदेवार देवी ज्ञवालीका छोरा निरब ज्ञवाली २५ हजार धरौटी तिरेर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको फैसला अनुसार निरब विहीबार अपराह्न २५ हजार धरौटी तिरेर रिहा भएका हुन् ।

कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गरेको भन्दै बुधबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले निरबलाई पुतलीसडकबाट पक्राउ गरेको थियो ।

उनीविरूद्ध रेणु दाहालले दुर्इ महिनाअघि नै साइबर क्राइम अन्तर्गत प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा उनलार्इ पक्राउ गरिएको थियो ।