लण्डन । एन आर एन युकेका अधक्ष्यका प्रत्यासी हिराधन राइको घोसणा सभाको भिडियो अहिले सबै भन्दा बडी जनमानसमा रुचाइनुको साथै उहाँ अहिले युके बासि नेपालीहरुप्रति दिनप्रतिदिन लोकप्रिय बन्दै गैरहनु भएको छ ।
उहाँको लण्डन नेपाल न्युज डट कम ले राखेको घोसणा सभाको भिडियो २५ हजार भन्दा बढीले हेरिसकेका छन् ।
सर्बसाधरणको भनाइ अनुसार उहाँको आगामी एनआरएन युके प्रतिको लक्ष्य, कुशल ब्यबहार र सामाजिक काममा उहाँको लगनसिलताको कारण युके बासि नेपालीहरुमा उहाँ प्रति विश्वास बढ्नुको साथै उहाँको भिडियो पनि सबैले मन पराएर धेरै भिओर भएको बताइएको छ । कसैको आलोचना गर्न नरुचाउने, बौद्धिक जगत र एनआरएन अग्रजहरुलाई मार्ग निर्देशक मान्ने राइ आफुलाई सर्बसाधारण गैराअबसिय नेपालीहरुको हक हित को लागि निरन्तर लागि पर्ने र परेको ठाउमा जस्तोसुकै परिस्थितिमामा पनि सहयोग गर्न तत्पर रहने समाजको एक सच्छा सिपाहीका रुपमा चित्रित छन् ।
बौद्धिक जगत, र सर्बसाधारणहरु उहाँको सामाजिक काम प्रति नतमस्तक हुदै आवको एनआरएन युकेको नेतृत्व हिराधन राइ लाइ दिनुपर्ने दाबी गर्दछन । एनआरएन केन्द्र देखि युकेमा बसोबास गर्ने हजारौ नेपालीहरुको साथले गर्दा उमेद्वार राई आफु अधक्ष्य बन्नेमा बिस्वस्थ छन् भने धेरै भन्दा धेरै सहयोगको लागि युके बासी नेपालीहरुसंग हार्दिक अपिल पनि गरिरहनु भएको छ ।
उहाँको घोसणा सभा भिडियो भाइरल हुनुको कारण जान्न को लागि तलको लिंकमा किल्क गर्नुहोला ।







