३० हजार घुससहित प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौं– नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्र, सुनसरीका फोरमेन (चौथो तह) गोविन्द न्यौपाने रु ३० हजार घससहित पक्राउ परेका छन् ।
उनले नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार घस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनकै कार्यक्षबाट सो रकमसहित आइतबार पक्राउ गरेको हो ।