यसरी सम्पन्न भयो,दग्नाम दर्मिजा समाज यूकेको वार्षिक भेला [भिडियो]

khani khola 010लन्डन । दग्नाम दर्मिजा समाज यूकेको वार्षिक भेला शनिबार लन्डन साउथ हयारोस्थित माया पबमा सम्पन्न भएको छ । टिका बहादुर गर्बुजा पुनको अध्यक्षतामा भएको उक्त भेलामा विभिन्न सांस्कृतिक प्रस्तुति र संस्थाका क्रियाकलापबारे चर्चा गरियो ।

म्याग्दीको रघु गंगा गाउंपालिकालाई प्रतिनिधित्व 
गर्ने उक्त समाज बेलायतमा रहेका गाउंलेहरुलाई मर्दा पर्दा सहयोग गर्न गठन गरिएको अध्यक्ष पुनले बताए । विशेष गरि गाउंको शिक्षा र यातायातमा समाजले आफ्नो हैसियत अनुसार सहयोग गरिरहेको पुनले जनाए । सन् २००८ मा स्थापित उक्त समाजको अध्यक्षमा त्यसयता पुन नै अध्यक्ष छन् ।

समाजको नेतृत्वमा विदेशभर रहेका दग्नाम दर्मिजावासीहरुबाट करिब ७० लाख रुपैयां संकलन गरेर समाजले एक अक्षय कोष खडा गरि गाउंको श्री जनता मावि दग्नाममा दुई शिक्षकलाई तलब प्रदान गरिरहेको छ,कुमार गर्बुजा पुनले बताउनु भयो ।khani khola 003

सो अवसरमा कार्यक्रम संचालक नेत्र मान गर्बुजा,  मनु गर्बुजाले औपचारिक र चन्द्र रजालीले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष एवं अध्यक्ष प्रत्यासी योगकुमार फगामी, मगर संघ यूकेका पूर्व अध्यक्ष दुत पुन लगायत अन्य म्याग्देलीहरुको पनि सहभागिता थियो । [भिडियो]