एनआरएनए केन्द्रीय महासचिवलाई कारबाही गर्न माग [पत्र सहित]

NRNAआरके त्रीपाठी- लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. बद्रि केसीलाई कारबाही गर्न अन्त्राष्ट्रिय समन्वय समिति अमेरिका क्षेत्रका संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाले माग गरेका छन् । केसीले एनसीसी अमेरिकाको निर्वाचन समितिलाई पत्र लेख्दै अधिकार दुरुपयोग गरेको भन्दै लामा र शेर्पाले आईसीसी अध्यक्ष शेष घलेलाई पत्र लैख्दै कारबाही गर्न माग गरेका छन् । महासचिवको पत्रले स्वतन्त्र निर्वाचन आयोगको क्षेत्राधिकार मिचेको भन्दै गैरकानुनी कार्य गर्न महासचिवलाई कारबाही गर्न ध्यानाकर्षण गराएका छन् ।

एनआरएन अमेरिकाको निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा एनसीसी अमेरिकाका अध्यक्षका आकांक्षी गौरी जोशीको नाम हटाएपछि केसीले निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त बन्दिता दाहाललाई पत्र लेख्दै जोशी सन् २००७ देखि ००९ सम्म कार्यसमिति रहेको प्रमाणित गरेका थिए ।

संयुक्त पत्रमा क्षेत्रीय संयोजक–उपसंयोजकसँग सल्लाह नगरी संघको विधानको धारा २२ (९) र २२ (१०) तथा २२(३.३)को समेत महासचिव केसीले उल्लंघन गरेको उल्लेख गरिएको छ । लामा र शेर्पाले अमेरिका क्षेत्रको विवाद मिलाउन आफूहरु सक्षम रहेको भन्दै पछिल्लो ९ महिनादेखि महासचिवले अधिकार हनन गरेको भन्दै महासचिवलाई कारबाही गर्दै संस्थाको गरिमा र महत्त्वलाई हानीबाट जोगाउन अपिल गरेका छन् । पत्रसहित –20428370_10211639423252369_1320401122_n20370718_10211639424652404_1851233805_n20292466_10211639425772432_301534692_n