बनेपामा एकै परिवारका ४ जनाको मृत्यु, घटना रहस्यमय

काभ्रे– काभ्रेको बनेपामा एकै परिवारका ४ जनाको रहस्यमय मृत्यु भएको छ । बनेपास्थित बसपार्क नजिकै रहेको गौतम भोजनालयका सञ्चालक हरिभक्त दाहालसहित उनका परिवारका ४ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले भोजनालय सञ्चालक हरिभक्त दाहाल, उनकी श्रीमती, हरिमाया, छोरा राजाराम दाहाल र छोरी रञ्जनाको मृत्यु भएको शुक्रबार अबेर जानकारी दिए ।

उनले मृत्युको एकीङ कारण खुल्न नसकेपनि घटनास्थलमा विषका खाली बोत्तल भेटिएको जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउनुका साथै सोधपुछ कार्यलाई अघि बढाएको छ ।