लन्डनमा ‘भानु जयन्ती’ मनाउदा [फोटो फिचर]

20170710_134301एभरेष्ट गौतम

लन्डन, नेपाली भाषा र साहित्यका अविस्मरणीय व्यक्तित्व आदीकवी भानुभक्त आचार्यको २०४औ भानुजयन्ती समारोह एबिआई कलेज एक्टन, लन्डनमा कोमल मल्लद्वारा लिखित किताबको लोकार्पण, साहित्यकार सुरेश जङ्ग शाहलाई नहि पुरस्कार हस्तान्तरण लगायत बिबिध कार्यक्रममाको आयोजना गरि सम्पन्न भएको छ ।

नेपाली साहित्य बिकाश परिषद युकेका अध्यक्ष सुरेश जङ्ग शाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी, सह-अध्यक्ष कोमल प्रसाद मल्ल , खगेन्द्र नेपाली, हरि सिंह थापा, धुर्ब केसी, धन बहादुर मगर, रेशम अर्याल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सुधा श्रेष्ठले गर्नु भएको थियो ।19875529_1326431217475403_6931542424549458958_n19905212_1326431167475408_6389126674648780354_n19884486_1326431037475421_7502624913796825543_n