संविधान संशोधन प्रक्रिया २ दिन पछि सर्‍यो

CAकाठमाडौं- संविधान संशोधन प्रक्रिया माघ ७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख ओनसरी घर्ती र प्रमुख दलका नेताहरुबीच मंगलबार भएको छलफलबाट माघ ७ गतेपछिमात्र संविधान संशोधन प्रक्रिया थाल्ने निर्णय भएको हो ।

आन्दोलनरत् मधेसी मोर्चासँगको सहमति प्रयास जारी रहेकाले संविधान संशोधन प्रक्रियालाई पछि सारिएको नेताहरुले बताएका छन् । यसअघि, मंगलबारैबाट संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी गरिएको थियो ।

सोही प्रयोजनका लागि भन्दै एक सातासम्म व्यवस्थापिका–संसद बैठक स्थगित गरी मंगलबारका लागि बोलाइएको थियो ।

संशोधन प्रक्रियामाथिको छलफल स्थगित भएपछि मंगलबारको संसद बैठकमा केही विधेयकमाथि छलफल हुने जनाइएको छ ।
फाइल फोटो

बैठकमा खुला विश्वविद्यालय, कर्मचारी सन्चयकोषसम्बन्धी पेश भएका विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।