विराटनगर महानगरको परिणाम २/२ घण्टामा सार्वजनिक गर्ने सहमति

विराटनगर– बिराटनगर महानगरको मतगणना अव्यवस्थित भएको भन्दै उम्मेदवार र दलहरुले आपति जनाएपछि सोमबारदेखी सुधार गरिएको छ ।

निक्कै सुस्त अवस्थामा रहेको मतगणनामा हेलचेक्रयाई धेरै हुन थालेको र गणनाको तथ्यांक नै घटबढ हुन थालेपछि उम्मेदबार र दलहरुले आपत्ती जनाएपछि आइतबार साँझ तीन घण्टा मतगणना स्थिगित गरि निर्वाचन कार्यालयले मगतणनामा सुधार ल्याएको हो । हाल मत परिणाम सार्वजनिक गर्न र तथ्यांक रुजु गर्न मतगणना स्थलमा सुचना अधिकारी तोकिएको छ ।
अव सबै परिणाम रुजु गरिसकेपछि दुई दुई घण्टामा सार्बजनिक गर्न थालिएको छ । यसैगरि दलका प्रतिनिधि र पत्रकाहरुकालागि निर्वाचन कार्यलयले प्रमाणित गरेको मतपरिणाम उपलव्ध गराउन थालेको छ । मत गणनमा हेलचेक्रयाई भएको भन्दै उम्मेदबार र दलका प्रतिनिधिहरुले आईतबार मुख्य निर्वाचन अधिकृत बिनोदकुमार पोखरेल समक्ष आपत्ती जनाउँदै मतगणना कार्यलाई व्यवस्थित र बिश्वासिलो बनाउन माग गरेका थिए ।
सबै दलका प्रनिनिधि र उम्मेदबारको दवावपछि आइतवार साँझ बिराटनगरको सातवटै केन्द्रमा भैरहेको मत गणना तीन घण्टाकालागि स्थगित गरिएको थियो । सबै गणना केन्द्रको तथ्यांक रुजु गरिसकेपछि मात्र राती १० बजेबाट पुन मतगणना सुरु गरिएको थियो । आइतबार दिउँसो निर्वाचन कार्यालयले मत परिणाम घोषणा गर्दा संघियसमाजबादी फोरमका मेयर पदका उम्मेदबार उमेश यादबको १० मत कम गरेर २१२१ मत घोषणा गरको थियो ।

तर आइतबार बिहानै घोषणा हुँदा यादबले २१३१ मत पाएका थिए । आफनो पकड क्षेत्रको मत गणना भैरहेको र १६, १७ र १८ सबै वडामा मत परिणाम बढिरहेको बेला उल्टै निर्वाचन कार्यालयले घटाएर परिणाम सुनाएपछि उम्मेदबार र दलका प्रतिनिधिहरु आक्रोशित बनेका थिए ।
यसैगरि समाचार संकलनमा खटिएका पत्रकारहरुले पनि मतपरिणमा सार्बजनिक गर्ने काम व्यवस्थित रुपले नभएको र सुचनाको आधारिकता कायम गर्न निर्वाचन कार्यालयलाई आग्रह गरेका थिए । बिराटनगर महानगरमा गणना भैरहेका १,२, ३ , ४ र १६, १७ र १८ नम्बर वडा मध्ये कसैको पनि गणना सकिएको छैन । यहाँ जम्मा १९ वडा छन् ।