एनेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका आ“खामा छारो हाल्ने कोसिस हु“दै गरेको उल्लेख गर्दै त्यसप्रति सबै उत्पीडित सचेत हुनुपर्ने बताउनुभएको छ । उत्तरी गोरखाको उहिया गाविसको तातोपानीमा आज आयोजित कृषि तथा पर्यटन प्रवद्र्धन मेलाको उद्घाटन समारोहमा नेता भट्टराईले ‘छिटो संविधान’ को नाममा बहिष्करणमा परेका वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हकअधिकार खोसेर यथास्थितिवादी संविधान जारी गर्ने षडयन्त्र भइराखेको बताउनुभयो । त्यस्तो षडयन्त्रविरुद्ध सङ्घर्ष आवश्यक रहेको पनि उहा“ले बताउनुभयो ।
हजारौँले बलिदानी गरेको माओवादी नेतृत्वमा सञ्चालित जनयुद्ध र विसं २०६२-०६३ को जनआन्दोलनलगायतका विभिन्न आन्दोलनको बलमा हामीले पुरानो सामन्ती राजतन्त्रात्मक एकात्मक राज्यसत्तालाई बदलेर सबै धनी–गरिब, किसान–मजदुर, पहाड– हिमाल–तराईमा बस्ने, आर्य–खस, भोट–बर्मेली परिवार, सबै भाषाभाषी, जातजाति, महिला, दलितको साझा देश बनाउने प्रयत्न आफूहरुले गरेको र त्यसैको निम्ति संविधानसभाबाट सबैको अधिकार सुनिश्चित हुने गरी नया“ नेपाल बनाउने नया“ संविधान लेख्ने प्रयत्नमा रहेको उहा“ले बताउनुभयो ।
“तर, दुःखसाथ भन्नुपर्छ यो देशका केही टाठा–बाठा मान्छेले विभिन्न तर्क गरेर, अनेक जालसाजी गरेर संविधान बन्न दिइराखेका छैनन् । संविधान बनाए पनि उही पुरानै २०४७ सालको संविधानको गातामात्रै फेरेर पुरानै संविधान जारी गर्ने र तपाईं–हाम्रा आ“खामा एकचोटी फेरि छारो हाल्ने कोसिस ती मान्छेहरुले गरिराखेका छन्”, भट्टराईले बताउनुभयो ।
तमु–गुरुङहरुको बसोवास रहेको उत्तरी गोरखाको उहियामा नेता भट्टराईले आफ्नो पहिचानको आन्दोलनमा सहभागी हुन पनि आग्रह गर्नुभयो । ‘शोषक वर्ग र शोषित वर्गका बीचमा ठूलो मनोवैज्ञानिक चिन्तनगत फरक हुन्छ । जो शोषक हुन्छ, शासक हुन्छ त्यसले अनेक कूतर्क गर्न जानेको हुन्छ, ” उहा“ले भन्नुभयो ।
आफ्नो हकअधिकारका निम्ति सबै उत्पीडितले अहिले सङ्घर्ष गर्नु जरुरी रहेकोमा जोड दि“दै नेता भट्टराईले भन्नुभयो – “एक थान खोस्टो संविधान त अहिले नै लेख्न सकिन्छ ।” सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हकअधिकार सुनिश्चित हुनेगरी संविधान लेख्नका लागि नै संविधानसभा गठन गरिएको नेता भट्टराईले बताउनुभयो ।
आँखामा धुलो हाल्ने प्रयास हुँदैछ : डा. भट्टराई






