एमालेको अग्रता कायमै : हालसम्म ४० गाउँपालिका र ५ नगरपालिकामा विजयी

काठमाडौँ– पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो स्थान हासिल गरेको नेकपा एमालेले दोस्रो चरणमा पनि अग्रता कायमै राखेको छ । एक सय स्थानीय तहको निर्वाचनको परिणाम आउँदा नेपाली काङ्ग्रेसलाई १० स्थानले पछि छाड्दै हालसम्म ४५ वटा स्थानीय तहमा विजयी हासिल गरेको छ ।
यसक्रममा एमालेले हालसम्म सबैभन्दा बढी ४० वटा गाउँपालिका तथा ५ वटा नगरपालिकामा जीत हासिल गरेको छ ।
विजय हासिल गरेका जिल्लाहरुमा पार्टी बझाङ, दार्चुला, भोजपुर र धनकुटामा शक्तिशाली देखिएको छ ।