नवलपरासीमा भत्कियो एमालेको गढ, सुनवल नगरपालिकामा काग्रेसको जित

नवलपरासी–नेकपा एमालेको परम्परागत गढ भत्काउदैं नवलपरासीको सुनवल नगरपालिकामा नेपाली काग्रेसले जित हासिल गरेको छ ।
सुनवलमा कांग्रेसका भीमबहादुर थापा (भरत) ९७०७ मत प्राप्त गरि विजय भएका हुन् । थापाको निकटतम प्रतिष्पर्धी नेकपा एमालेका विमला अर्यालले ९१८२ मत प्राप्त गरिन् ।
थापाले अर्याललाई ५२५ मत अन्तरले पराजित गरेका हुन् । उपमेयरमा भने नेकपा एमालेले जित हासिल गरेको छ । उपमेयरमा एमालेका दधिराम अर्याल विजयी भएका छन् । अर्यालले ९९१० मत प्राप्त गरे भने उहाका निकटतम प्रतिष्पर्धी काग्रेसका तारा भण्डारीले ९१८२ मत प्राप्त गरिन् ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले मेयरमा ३५३५ मत प्राप्त गर्यो भने उपमेयरमा ३४२७ मत प्राप्त गर्यो ।
सुनवललाई एमालेले आफ्नो गढ मान्दैं आएको थियो । २०७० सालको संबिधानसभाको चुनावमा यस क्षेत्रबाट एमालेका केन्द्रीय सदस्य बैजनाथ चौंधरी विजयी भएका थिए ।
मेयर बाहेक अधिकांश वडामा एमाले बिजयी भएको छ । नगरपालिकाको १३ वडा मध्ये ९ वडामा एमालेले पुरैं सेटमा विजयी हासिल गरेको छ । काग्रेसले तिनवटा वडा र माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेका छन् ।