१ महानगर र ७ उपमहानगरमा को अगाडि ?

काठमाडौं– चर्चामा रहेको विराटनगर महानगरपालिका र अन्य सात उपमहानगरपालिकामा रोचक भीडन्त देखिएको छ ।

शनिबारको परिणाम अनुसार पूर्वी नेपालको ठूलो शहर विराटनगरमा काँग्रेसको अग्रता छ ।
विराटनगर महानगरपालिकामा कांग्रेसका भीम पुराजुलीको १९५४ मत आएको छ । एमालेका विनोद ढकाललाई १३६६ मत परेको छ । फोरमका उमेशकुमार यादवलाई १०१० मत परेको छ ।

त्यसबाहेक दाङका दुई उपमहानगरपालिकामा एमालेको अग्रता छ । घोराही उपमहानगरपालिकामा कांग्रेसका भूपबहादुर डाँगी को ६०२८ मत र एमालेका नरुलाल चौधरीलाई ७९९० मत परेको छ । माओवादीका जीवन गौतमलाई ३८८० मत प्राप्त भएको छ ।

त्यसैगरी तुल्सीपुर उपमहानगरपालिकामा कांग्रेसका गेहेन्द्र गिरीलाई ३२०० मत, एमालेका घनश्याम पाण्डेलाई ३६८४ मत र माओवादीका शेशुराम भण्डारीलाई ८५४ मत प्राप्त भएको छ ।

उता पूर्वी नेपालको इटहरी उपमहानगरपालिकामा काँग्रेसको अग्रता छ, जहाँ रोहित प्रसाईंलाई ३४१५ र एमालेका द्धारीकालाल चौधरीलाई ३१२८ मत प्राप्त भएको छ ।

नेपालगंज उपमहानगरपालिका काँग्रेस एमालेलाई पछि पार्दे राप्रपा अगाडि छ । राप्रपाका राणालाई ३७२३, कांग्रेसका डा. सुरेन्द्र कुमार कनौडियालाई २१४५, माओवादीका दामोदर आचार्यलाई २००९ मत प्राप्त भएको छ ।

यसबाहेक धरान उपमहानगरपालिकामा कांग्रेसका तीलक राईलाई १९३२, एमालेका तारा सुव्वालाई १६८९ र माओवादीका अइन्द्रविक्रम नेम्वाङलाई ९९७ मत प्राप्त भएको छ ।

धनगढी उपमहानगरपालिकामा काँग्रेस अगाडि छ । कांग्रेस नृप बडलाई २२६६ मत, एमालेका दूर्गा जोशीलाई १९९७ मत र गोपाल हमाल स्वतन्त्रलाई १८३५ मत प्राप्त भएको छ ।

पाँच नम्वर प्रदेशमा रहेको बुटवल उपमहानगरपालिकामा कांग्रेसका खेलराज पाण्डेलाई ४९९८ मत र एमालेका शिवराज सुवेदीलाई ५१०३ मत प्राप्त भएको छ ।