काठमाडौं- स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता अझ वढाएको छ । कांग्रेस एमालेलाइ पछ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ । बिभिन्न तहमा मतगणना भईरहेकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने छ । मतगणना सम्पन्न भएका १ सय ११ तहमा एमालेले ५० स्थानमा विजय हासिल गरेको छ ।
हेर्नुहोस सूची ।
१११ तहको मतपरिणामः एमाले ५० स्थानीय तहमा विजयी (सूचीसहित)








