यस्तो हुनेछ धुर्मुस–सुन्तलीले कल्पना गरेको ‘नमूना नेपाल’ (फोटो र भिडियोसहित)

काठमाडौं– हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को धुर्मुस– सुन्तली फाउन्डेसनले पाँच अर्ब रुपैयाँमा नमुना नेपाल बनाउने महत्वाकांक्षी योजना प्रस्तुत गरेको छ ।

यसअघि काभ्रेमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती र महोत्तरी बर्दिबासस्थित मुसहर बस्तीमा तेस्रो नमुना बस्ती निर्माण गरेको हास्य जोडीले चौथो योजना प्रस्तुत गरेको हो । र, अब बन्ने नमुना बस्ती सिंगो नेपालको प्रतीक रहने उनीहरूको भनाइ छ ।

सोमबार काठमाडौँमा योजना प्रस्तुत गर्दै धुर्मुसले सबैको सहकार्यले बस्ती नमुना नेपाल बन्ने दाबी गरे । नमुना नेपाल नमुना युरोप तथा भारतको अक्षरधाम जस्तो हुने उनको दाबी छ । ‘नेपाल आएका पर्यटक सबै नेपाल घुम्न सक्दैनन् । तर, नमुना नेपाल नपुगी छाड्दैनन्,” उनको दाबी थियो । उनले पाँच अर्ब पैसा ठूलो रकम भए पनि सबैले सहयोग गरे योजना पूरा हुने विश्वास व्यक्त गरे ।

नमुना नेपाल पुनः निर्माण, पर्यटन प्रवद्र्धन, सामाजिक सद्भावको कडी र राष्ट्रिय एकताको प्रतीक हुने धुर्मुसको भनाइ छ ।

नमुना नेपाल सबै जाति, समुदाय सम्प्रदायको सांस्कृतिक केन्द्र हुने उनको भनाइ थियो । मिनि रेल, सांस्कृतिक संग्रहालय, स्टेडियम, प्रतीकात्मक हिमाल, लुम्बिनी, मुक्तिनाथ, भ्यु टावरसहितको धरहरा, पशुपति, बौद्धनाथ आदि विविध सांस्कृतिक, धार्मिक स्थलहरू नमुना नेपालमा निर्माण हुनेछन् ।

unnamed (1)

unnamed (6)

unnamed (7)

unnamed (8)

unnamed (10)

unnamed (11)

unnamed (12)

unnamed