लण्डन । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा ४ जुन आइतबार प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा विशेष च्यारिटी डिनर सम्पन्न भएको छ ।तस्बिर:एभरेष्ट गौतम
कपिलवस्तुमा बुद्ध बृद्धाश्रम बनाउने उद्धेश्यले कोष जुटाउन आयोजित च्यारीटी कार्यक्रमममा ४२ लाख भन्दा बढी रकम संकलन भएको फाउन्डेसन कोषाध्यक्ष राजन खकुरेलले जानकारी दिए ।
फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमिख अतिथी बेलायतका लागि नेपाकी राजदूत डा दुर्गा बहादुर सुबेदी थिए । ।
फाउन्डेसन उपाध्यक्ष हरिश ज्ञवालीले बृद्धाश्रमबारे एक प्रिजेण्टेसन प्रस्तुत गरेका थिए । एन आर एन यूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष शान्ति थापा, युरोप संयोजक कुल आचार्य ,पूर्व अध्यक्ष तथा समाजसेवी सुर्य गुरुङ , शिवजी श्रेष्ठ, बिनोद ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य कार्यक्रममका संयोजक तथा एनआरएन यूके उपाध्यक्ष हिराधन राइले दिए भने बुद्ध फाउन्डेसन उपाध्यक्ष सचिन श्रेस्ठले कार्यक्रम संचाल गरेका थिए ।
यसै बीच गायिका शर्मिला बर्देवा र गायक गङ्गा थापाले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत प्रस्तुत गरेका थिए । इन्डियन डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ की विजेता नेपाली चेली तेरिया फौजा मगर, नाम्लो ब्याण्डका साथमा अन्य केहि स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रमम देखाइएको थियो ।
कलाकार मनिष श्रेष्ठ को संयोजनमा सुशील प्रजापति, विकेश राज बस्नेत, मंजु भट्ट लगायतले एक शिक्षामुलक नाटक पनि देखाएका थिए ।
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा निकालिएको जुलुसमा सहभागि ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘उज्यालो अभियान’ को नाममा […]
लण्डन । बेलायतमा कोरोनाभाइरस महामारीको तेस्रो लहर आउनसक्ने चेतावनी दिइएको छ । बेलायत सरकारको सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक तथा वैज्ञानिक रवि गुप्ताले देशमा […]
काठमाडौं- महानगरीय ट्राफिक महाशाखाले नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असूल गर्ने जरिवानाको रकम २० गुणाले बढाएको छ । न्यून जरिवानाकै कारण […]