मेलिना र रेवत राईले शुक्रबार साउथ हयारोमा प्रस्तुति दिने

लन्डन।

‘एभरेष्ट म्युजिकल ब्लाष्ट’को दोस्रो संस्करण ह्यारोमा –‘एभरेष्ट म्युजिकल ब्लाष्ट’को दोस्रो संस्करण भोलि मे २६ मा लण्डन ह्यारोको ह्यारो बरो फुटबल क्लवमा हुँदैछ ।18741724_10209259152544702_1668383395_n
कार्यक्रममा लोकप्रिय गायिका मेलिना राई, गायक रेवत राई, गायक गोम्जा लामालगायत युके डान्स अफ विजेता जेनी सुनुवार, नृत्यांगना मिरा फगामी र शशी गुरुङको मनमोहक नृत्य र सांगीतिक प्रस्तुति रहने इन्टरटेन्मेन्ट सेलका प्रमुख किशन राईले जानकारी दिए ।
 ‘एभरेष्ट म्युजिकल ब्लाष्ट’को पहिलो शो २० मे शनिबार साँझ अल्डरसटको एम्पाएर हलमा भएको थियो । ह्यारोपछि २७ मे शनिबार साँझ फोल्कस्टोनको हाउकिङ्स कम्युनिटी सेन्टर, विन्चेस्टर, ननीटनलगायत बेलायतका विभिन्न स्थानहरुमा ‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ आयोजना गरिएको राईले जानकारी दिए ।
यती पूर्व अध्यक्ष उमेशराज मोक्तानले मे २६ साउथहयारोस्थित हयारो बरो फुटबल क्लवमा  सांगीतिक कार्यक्रम गर्न लागेको
जानकारी दिए ।
कार्यक्रममा म:म, सेल रोटी, अचारलगायतका नेपाली परिकारहरु राखिने आयोजकले जनाएको छ । टिकट दर भने १० पाउण्ड राकिएको छ । नेपाली सांगीतिक बजारमा मेलिना राई सर्वाधिक मनपराइएकी गायिका हुन् । उनका ‘शिरैमा शिरबन्दी…’ ‘कम्मरमाथि पटुकी…’ ‘तिम्ले बाटो फेरेऊ अरे…’लगायतका गीत चर्चित छन् । कार्यक्रममा मिस यूके नेपाल २०१४ निया देवान र लेक्स लिम्बूले उदघोषण गर्नेछन् ।

18556341_1381711565229539_1441957272914185090_n