काठमाडौं महानगरमा ६ हजारको फराकिलो विद्यासुन्दर शाक्यको अग्रता

काठमाडौं- राजधानी शहर काठमाडौं महानगरको मेयर पदमा नेकपा एमालेका उमेद्वारले ६ हजारको फराकिलो मतान्तरसहित अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उमेद्वार विद्यासुन्दर शाक्यले १९ हजार ५९२ मत ल्याएका छन् भने कांग्रेसका राजुराज जोशीले १३ हजार ५८७ मत ल्याएका छन् ।

तेस्रोमा भने विवेकशील पार्टीका रञ्जु दर्शनाले पछ्याइरहेकी छन् । उनले ७ हजार ७८६ मत ल्याएकी छन् । चोथौंमा रहेको साझा पार्टीले ५ हजार ८१२ र माओवादी केन्द्रले २ हजार २२६ मत ल्याएको छ ।