एक्कासि किन बोलायो निर्वाचन आयोगले दलका शीर्ष नेताहरुलाई ?

काठमाडौं– स्थानीय तहको पहिलो चरण अन्र्तगतको निर्वाचन आँउन ४ दिन बाँकी रहेका बेला निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ ।
बुधबार दिँउसो ४ बजे नेताहरुलाई छलफलका लागि बोलाएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगायतका दलका नेताहरुलाई बोलाइएको छ ।
आयोगले समसामयिक बिषय, निर्वाचन आचार संहिता पालनाबारे छलफलका लागि बोलाइएको उनको भनाई छ ।