लन्डन– मतिना फाउन्डेसनको आयोजनामा लन्डनमा १२ वालिकाको नेवारी परम्परा र विधि अनुसार इही गरिएको छ ।
लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा गत ६ मेमा इही गरिएको हो । कार्यक्रममा अमेरिकाबाट निम्त्याइएका नेवा: पण्डितले १२ वालिकाको नेवारी परम्परा र विधि अनुसार इही गरेको फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी दिए ।
बिहान ८ देखि अपरान्ह ५ बजेसम्म इही कार्यक्रम चलेको थियो । नेवारी संस्कारमा रजस्वाला हुनुअघि अनिवार्य इही गर्नुपर्छ । फाउण्डेशनले आगामी शुक्रबार गुफा (बाह्रा) गर्ने तयारी समेत गरेको छ ।






