बेलायतका चार किराती एकै ठाउमा [तस्बिर सहित]

18254501_10154640470052773_70330162_nलन्डन ।वेलायतमा रहेका चार किराती राई लिम्वु ,याखा र सुनुवारहरुले हामी किराती सारा एकताको नारा भन्दै संयुक्त रुपमा सास्कृतिक कार्यक्रम संपन्न गरेका छन । गत सनिवार आसफोर्डको नाचवुल स्कुलको सभाहलमा किरात सास्कृतिक कलाकार संयोजन समितीले प्रथम ऐतिहासीक सास्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
किरात राई यायोख्खा,किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार सेवा समाज , किरात याख्खा छुम्मा, किरात राई यायोख्खको किरात सास्कृतिक मंच, र सेवारो कलाकार संघ,युकेको सयुक्तm आयोजना रहेको उक्त कार्यक्रममा आआफनो सस्कृती झल्कीने नृत्य तथा मातृ भाषाको गीतहरु प्रस्तुत गरिएको थियो । कलाकार संयोजन समितीका संयोजक रि क्याप्टेन सुमन चन्द्र राईको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमलाई नेपाल आदीवासी जनजाती महासंघ युकेका अध्यक्ष तुल छन्त्यालले प्रमुख अतिथिको रुपमा सम्वोधन गरेका थिए ।
18254501_10154640470052773_70330162_n
एनआरएनए युकेका उपाध्यक्ष हिराधन राई, किरात राई यायोख्खाका अध्यक्ष पदम राई एमवीइ,किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष काजीमान याक्सो, सुनुवार सेवा समाजका अध्यक्ष यादव सुनुवार र किरात याख्खा छुम्माका अध्यक्ष धन रोगुले विशेष अतिथिको रुपमा कार्यक्रमलाई सम्वोधन गरेका थिए । कलाकार हेम राईको शव्द रचना रहेको सामुहिक गीत वाट सुरुवात गरिएको सो कार्यक्रममा आआफ्नो भेषभुषामा सजिएका कलाकारहरुले पहिलो चरणमा आफनौ मौलीक सस्कृति झल्कने लिम्वुहरुको केलाङ , हाक्पारे ,यालाङ, राईहरुको साकेला सीली , सुनुवारहरुको शादर सील,र याखाहरुको केइ नाच र डोकेनी नाच प्रस्तुत गरिएको थियो ।
दोश्रो चरणको सांगीत कार्यक्रमा कलाकारहरु गंगा राज राई, अनिला राई , गौरी साउदेन, आसराज वख्खिम, विसी राई, निरपुमा राई ,इन्द्र पन्धाक, युवराज इस्पो, सुरेन ताम्लीङ, डम्वर सावा, निया देवान ,विमला नेयङ लगायत दुइ दर्जन वढी चार किराती कलाकारहरुले नेपाली तथा मातृभाषामा सुमधुर गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमलाई विमला लिम्बु र डिल्लीराम राईले संचालन गरेका थिए भने सह सयोजक हेम कुमार राईले सवैलाई स्वागत गरेको थिए । भाषा, संस्कार, सस्कृति भिन्नभिन्नै रहेका ४ किरातहरुबीच सम्पन्न कार्यक्रमले आपसमा भाषा सस्कृतिको जानकारी आदानप्रदान गरिनुलाई महत्वपूर्ण मानिएको छ ।