काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतामा रहेको भोटलाई एमालेले बडार लैजाने भन्दै २०७४ साल एमालेमय हुने दाबी गरेका छन् ।
नेकपा एमाले सिन्धुपाल्चोक काठमाण्डौ सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा शनिबार आयोजना गरेको पार्टी प्रवेश विशेष कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष ओलीले अबको निर्वाचनमा जनतामा भएको भोट एमालेले बडार्ने बताए ।
कार्यक्रममा सिन्धुपाल्चोकका कमल थापा नेतृत्वको राप्रपाका नेता धर्मराज भण्डारीसहित सयौंलाई ओलीले पार्टीमा प्रवेश गराएका थिए । धर्मराज संविधानसभा निर्वाचनमा राप्रपाको उम्मेदवार बनि पाँच हजार बढी मत ल्याएर पराजित बनेका थिए ।






