ट्रम्प र किमबीचको वार्तामा सुरक्षाको जिम्मा गोर्खालीलाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्च्स्तरयीय वार्तामा सुरक्षाको लागि गोर्खाहरुलाई खटाइने भएको छ ।

सिंगापुरमा यहि जुन महिनाको अन्त्यतिर हुने यो बहुप्रतिक्षित वार्तास्थलमा सिङापुर पुलिसमा कार्यरत गोर्खाहरु खटिने भएका हुन ।

सिंगापुरको सुरक्षा निकायसम्बद्ध विश्वसनीय स्रोतलाई उद्दृत गर्दै रोयटर्सले यो समाचार प्रकाशित गरेको छ । वार्तास्थलमा राष्ट्रपति ट्रम्प र नेता किमका नीजी सुरक्षाकर्मीहरुको आ आफ्नै टोली पनि तैनाथ हुनेछन । त्यसबाहेक वार्तास्थलको सुरक्षाका लागि गोर्खाहरु सहित सिंगापुर पुलिसको विशेष बल परिचालन गरिनेछ ।

गोर्खाहरु सम्मिलित सिंगापुर पुलिसको टीम वार्तास्थलको साथसाथै स्थानीय सडक, होटेल लगायतको सुरक्षामा खटिनेछ ।

यसअघि सिंगापुरमा गोर्खाहरुको उपस्थिति सामान्यत: ‘लो प्रोफाइल’ मै रहने गरेको थियो । तर हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी रक्षा मन्त्री जिम माटिस लगायतका भिआइपी हरु सहभागी एक सुरक्षा बैठकको सुरक्षामा खटिएपछी सिङापुर पुलिसका गोर्खाहरुले विश्वको ध्यान खिच्न सफल भएका थिए।

 

भारतीय प्रम मोदी , अमेरिकी रक्षा मंत्री माटिस लगायत सहभागी भिआइपी बैठकको सुरक्षामा तैनाथ गोर्खाहरु ( तस्बिर: रोयटर्स)

उक्त बैठक रास्ट्रपती ट्रम्प र नेता किमबीचकै वार्ताको तयारीको लागि बसेको ठानिएको छ ।

सिंगापुरका सुरक्षा मामिलाका एक विशेषज्ञ टिम हक्सलीले रास्ट्रपति ट्रम्प र नेता किमबीच हुने यो ऐतिहासिक वार्ताको सुरक्षामा परिचालन हुनको लागि गोर्खाहरु नै सबैभन्दा उत्तम पात्र हुने बताएका छन ।

अहिले सिंगापुर पुलिसमा सर्भिङ गोर्खाहरुको सन्ख्या १८ सय छ ।