सिन्धुली, चैत १६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनका लागि सबै राजनीतक दलहरु तयार भइसकेको बताएका छन् ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन आयोग, सरकार र सत्तामा रहेका दलहरुसमेत घनीभूतरुपमा निर्वाचनको कार्यमा जुटेकाले कुनैपनि बहानामा स्थानीय तहको निर्वाचन नसर्ने बताए ।
एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते नै हुनुपर्ने बताए । अहिले चुनाव हुन नसके निर्वाचन नै हुन नसक्ने खतरा हुने उनको भनाइ थियो ।






