प्रधानमन्त्री दाहाललाई यस्तो छ पूर्व प्रधानमन्त्रीहरुको सुझाव

????????????????????????????????????

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न केन्द्रित हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफनो भ्रमण सदभाव भ्रमण मात्रै हुने पनि स्पष्ट पारेका छन् ।

चीन भ्रमणका सम्बन्धमा विहिबार विहान पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री, पूर्व अर्थमन्त्री, कुटनीतिक क्षेत्रका विज्ञहरुसँग आवश्यक सुझाव लिँदै चिनियाँ प्रधानमन्त्री नहुने भएकाले चीनसँग नयाँ सम्झौता भने हुन नसक्ने बताएका थिए ।

त्यस क्रममा प्रधानमन्त्रीले आफनो चीन भ्रमण द्धिपक्षीय सम्बन्ध थप सदृढ बनाउन केन्द्रित हुने पुर्व प्रधानमन्त्रीहरुलाई जानकारी गराएको भेटपछि परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल आज राति ११ बजे बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जाँदै छन् ।

भेटपछि पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीनसँगको चिसिदै गएको सम्बन्ध सुधार गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको बताए । एमाले वरिष्ठ नेता समेत रहेका खनालले चीन नेपालको विकासमा विराट संभावना बोकेको राष्ट्र भएकाले नेपालले सोही अनुसारको सम्बन्ध विकास गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औल्याए ।
पूर्व परराष्ट्र मन्त्री एवम् परराष्ट्रबीद् रमेशनाथ पाण्डेले प्रधानमन्त्रीको चीन भ्रमणले दुई मुलुकबीचको अविश्वास हटाउन सफल होस् भन्ने शुभकामना दिएको बताए । उनले दुवै छिमेकसँगको सम्बन्धमा चिसोपना बढदै गएकाले त्यसलाई हटाउन सरकार अग्रसर हुनुपर्ने बेला आएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्रीलाई चीन भ्रमणका लागि आवश्यक सुझाव दिन काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल सहभागी भए पनि एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली भने सहभागी हुनु भएको थिएन ।

प्रधानमन्त्री दाहालले चीन बसाईको क्रममा चिनियाँ राष्ट्रपति सीजिन पिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय गरिएको छ । भेटका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले चीनको एकसाताको भ्रमणमा बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा नेपाल अध्ययन केन्द्रको कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम छ ।