लण्डन । गायिका देशु गोलेको आधुनिक गीत “मनैमा राखे तिमीलाई” सार्वजनिक भएको छ ।
बिदेशमा रहेर पनि गीतसंगीतलाई जीवन्त दिदै आएकी धरान निवासी देशु गोलेले दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् ।
“मनैमा राखी तिमीलाई” बोलको गीत उनले गायक रोम लामाको साथमा गाएकी हुन्।
उक्त गीतमा रवि मल्लले शब्द लेखेका छन् । यसलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन्। केभिन अर्यालको निर्देशमा बनेको यस रोमान्टिक भावको गीतमा स्वर्णिम थापा र अनिशा श्रेष्ठको रोमान्स गरेका छन्।






