एमाले सांसद दुलारी देवीको निधन

काठमाडौं– एमाले सांसद दुलारी देवीको निधन भएको छ ।

राजधानीको बि एण्ड बि अस्पतालमा बिहीबार साँझ उपचारका क्रममा निधन भएको हो । सांसद देवी गत ५ गते भारतको सितामढीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएकी थिइन् ।

सर्लाहीबाट एमालेको समानुपातिक कोटाबाट सांसद बनेकी देवी भारतीय सिमावर्ती बजारमा समान किन्न जाने क्रममा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते उनको खुट्टा काट्नुपरेको थियो ।

एमाले महासचिव ईश्वर पोखरेलका अनुसार सांसद देवीको शव अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।