काठमाडौं १० फागुन । आज दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक सूचना टाँसेर स्थगित भएको छ। सभामुख ओनसरी घर्तीले भोली १ बजेसम्मलाई संसद स्थगित गरिएको जानकारी सूचना प्रकाशित गरी दिएकी हुन् ।
संसद सचिवालयका अनुसार संविधान संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्दा एमाले नमान्ने र कार्यसूचीमा नराख्दा मोर्चा नमान्ने भएपछि आजको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
अब अर्को बैठक भोलि बुधबार दिउँसो २ बजे बस्नेछ ।






