काठमाडौं– गोरखाको लाप्राकमा सुरु भएको भूकम्पपीडितको लागि नमूना वस्ती निर्माणले गति लिएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष भवन भट्ट आफैं निर्माण अभियानमा खटिएका छन् । जापानमा सयौं व्यवसाय छाडेर भटट् स्वयंसेवामा खटिएका छन् ।
भट्टले विश्वका ७५ एनसीसी र ४५ लाख एनआरएनको ड्रिम प्रोजेक्टमा आफू सहभागी हुन पाउनुलाई ‘गर्व’ मानेका छन् । एनआरएनले ६१२ वटा घरसहित नमुना वस्ती निर्माण सुरु गरिसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही समय अघि उक्त वस्तीको शिलान्यास गरेका थिए । नमुना वस्तीमा एनआरएनए अध्यक्ष शेष घले आफैं पनि दिनरात खटिएका छन् ।
यदु भट्ट विद्या पुरस्कार प्रदान
गोरखा जिल्लाको शैक्षिक विकास र प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको बीबी ट्रस्टले सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको छ ।
गोरखा जिल्लाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट हुने एक सार्वजनिक विद्यालय तथा सो परीक्षामा सर्वोत्कृट हुने एक छात्र र एक छात्रालाई सम्मान गरिएको हो ।
जिल्लामै सर्वोत्कृष्ट हुने सरस्वती माध्यामिक विद्यालय आहाले भएको छ भने सर्वोत्कृष्ट हुने छात्र छात्रामा पनि सोही विद्यालयका क्रमश: प्रशान्त श्रेष्ठ र छात्रा दिक्षा सुनुवारलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री धनीराम पौडेलले प्रमाणपत्र र नगदसहित सम्मान गरे । विद्यालय र पुरस्कृत विद्यार्थीले जनही २५–२५ हजार पुरस्कार दिइएको हो ।
बीबी ट्रस्टका अध्यक्ष भवन भट्टले यसअघि ४५ लाख रुपैयाँ रहेको ट्रस्टको अक्षय कोषको राशी बढाएर ५० लाख पुर्याउने घोषणा गरे ।






