काठमाडौं– लन्डनमा निधन भएका र्यापर यमबुद्धको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
माघ १ गते उनले लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए। शनिबार उनको शव काठमाडौँ ल्याइएको थियो । केही समय प्रज्ञाप्रतिष्ठानमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिएको थियो । त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरियो ।
काठमाडौँको घट्टकुलो निवासी २९ वर्षीय अनिल अधिकारी नेपाली हिपहप संगीतको दुनियाँमा अग्रपंतीमा थिए ।






