संबिधानसभा बैठक शुरु, मोर्चाका सभासदद्वारा रोष्टम घेराउ

६ माघ दिउँसो १ बजे बोलाइएको संविधानसभाको बैठक करिब दुईघण्टा ढिलो गरी शुरु भएको छ भने बैठकमा एमाओवादी नेतृत्वमा रहेको मोर्चाका सभासदहरुले रोष्टम घेराउ गरेका छन् ।
आजको बैठकमा कांग्रेसका मुख्य सचेतक एवम् सभासद् चीनकाजी श्रेष्ठले प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्ने कार्य सूची थियो । तर बैठक शुरु भए लगत्तै एमाओवादी र मधेशवादी लगायतका सभासदहरुले रोष्टम घेराउ र नाराबाजी गरिरहेका छन् ।
५ माघ राति सभाध्यक्ष सुवास नेम्वाङले सभासद् श्रेष्ठलाई प्रस्ताव पेश गर्न समय दिय लगत्तै एमाओवादी, मधेशकेन्द्रित लगायत दलका सभासदहरुले संबिधानसभा बैठक कक्षको कुर्सी तथा माइक तोडफोड गरेका थिए । केही नेतामाथि आक्रमणको प्रयास समेत भएको थियो ।
आजको बैठकमा भने मर्यादा पालकहरुको संख्या बढाइएकोले हिंजोको जस्तो अप्रिय घटना हुन पाएको छैन ।