फिरौती नदिए दुई जापानीको हत्या गर्ने धम्की

जापानी नागरिकको अपहरण गरेका इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले फिरौती नदिए ती नागरिकको हत्या गर्ने बताएका छन् । उनीहरुले जापान सरकारसँग २० करोड अमेरिकी डलर फिरौती मागेका छन् । सो जानकारी आईएसको आधिकारिक वेभसाइटमा राखेका छन् ।
दुई जना जापानी नागरिकको अपहरण गरिएकोमा उनीहरुलाई रिहागर्ने हो भने २० करोड अमेरिकी डलर बराबरको फिरौती दिनुपर्ने जानकारी सो वेभसाइटमा राखिएको छ । मुखमा कालो पट्टि बाँधेका एकजना इस्लामिक स्टेटका लडाकूले हातमा चक्कु लिएर सो धम्की दिइरहेको देखाइएको छ ।
उनले भनेका छन्– यदि जापान सरकारले आफ्ना नागरिकको ज्यान बचाउने हो भने ७२ घन्टाभित्रै २० करोड अमेरिकी डलर दिनुपर्छ र यदि नदिने हो भने हामी ती व्यक्तिको हत्या गरिदिन्छौँ ।