डिभिजन टुः नेपालको राम्रो प्रदर्शन, करण चम्किंदा क्यानडा दबाबमा

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । नामिबियाको विन्डहोकमा क्यानडाविरुद्ध खेलिरहेको नेपालले ११औं ओभरमै पाच विकेट लिएको छ ।
नेपालका लागि करण केसीले महत्वपूर्ण चार विकेट लिएका छन् । सोमपाल कामीले एक विकेट चट्काए । नेपाली बलर चम्किएपछि क्यानडा दबाबमा खेलिरहेको छ ।