बेलायतमा गल्कोट समाज यूकेले किन्यो आफ्नै घर

प्रकाश कण्डेल

लण्डन।गल्कोट समाज युकेले बेलायतमा गल्कोट हाउस निर्माण गरेको छ । लामो समय देखि बागलुङको गलकोट स्थायी घर भई हाल बेलायतमा रहेकाहरुको साझा संस्था गल्कोट समाज युकेले आफ्नै हाउस किनेको हो ।

गल्कोट हाउस निर्माणका लागि आर्थिक तथा अन्य प्राविधिक कार्यहरु सबै पुरा भए पछि घरको साचो बुझेका हुन् । हाउस किन्न लगभग ३ लाख पाउण्डमा किनेको समाजका निबर्तमान अध्यक्ष भोजराज कण्डेल बताए।

गृह जिल्ला,गृह नगर तथा नेपालका विभिन्न विपत्तिमा सहयोग गर्दै परोपकारी कार्य गर्दै आईरहेको समाजले आफ्नै हाउस लिएको छ।

हाउस किन्न सहयोग गर्नुहने सम्पुर्ण चन्दा-दाताहरुलाई समाजका अध्यक्ष चन्द्र साहनीले धन्यबाद ब्यक्त गरे।