सिरियाको राजधानीमा विस्फोट, ७ जनाको मृत्यु

सिरिया, पुस २९ । सिरियाको दमस्कसमा बम बिस्फोट हुँदा सातजना मारिएका छन् ।
दमस्कसको काफ सउसामा भएको विस्फोटमा अन्य थुप्रै घाइते भएका छन् । विस्फोटमा थुपै्र सवारीसाधन ध्वस्त भएका छन् ।

उक्त क्षेत्रमा सिरियाली मन्त्रीहरुको आवास रहेको छ । राष्ट्रपति बसर अल असदको पकड मानिने दमस्कसमै कडा सुरक्षालाई चुनौति दिँदै विस्फोट गराइएको हो ।

घटना कसले गरायो भन्ने खुलेको छैन । (एजेन्सी)