काठमाडौं– मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो समय स्वास्वप्रश्वास सम्बन्धी रोगबाट पीडित उनको ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान २ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व। दीक्षितका खोजमुलक निवन्ध, नियात्रा, साहित्य, संस्मरण लगायत विषयमा ५० बढी कृति प्रकाशित छन् ।
स्व। दीक्षितका दुई छोरा र एक छोरी छन्।
दीक्षितको पशुपति आर्यघाटमा बिहीबार बिहान नै अन्त्येष्टि गरिएको छ ।






