लण्डन । नेपाली गीत संगीतको क्षेत्रमा प्रतिभाशाली गायकको आगमन भएको छ । बेलायतमा डेन्टल नर्स योगेश महत संगीतप्रतिको लगाव र रुचीका नेपालको सांगीतिक धरातलमा भित्रीएका छन् ।
योगेशको कर्णप्रिय स्वर रहेको ‘हाँसी हाँसी त्यो नजरले’ यतिबेला संगीत अनुरागीको रोजाईमा परेको छ । अहिलेकी चर्चित अनि लोकप्रिय गायिका मिलन अमात्यसँग योगेशले गाएको उक्त गीत मार्फत योगेशले गायन क्षेत्रमा करियर बनाउने सम्भावना देखिन्छ ।
मनोज लामिछानेको मर्मिक शब्द रचनामा रहेको हाँसी हाँसी गीतलाई बब्बु प्रधानले संगित संयोजन गरेका छन् भने शिखर सन्तोषले अनुपम संगित भरेका छन् । प्रकाश केसीको मिक्स र मास्टरिङलाई म्युजिक नेपालले बजारमा ल्याएको हो।
पप विधामा समावेश गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारीसँगै पुष्प खड्का देखा परेका छन्। कर्णप्रीय आवाजमा रहेको गीत हाँसी हाँसीको छायांकन अर्जुन तिवारीले गरेका छन्। निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई निर्देशक निकेश खड्काले मूर्तरुप दिएका हुन्।
गायिका मिलन अमात्यसँग योगेशले गाएको उक्त गीतको भिडियो हेर्नुहोस् :






