लन्डनको क्रिसमस इभमा बीग आइकन साजन आलेको दमदार प्रस्तुति

लन्डन– बेलायत भ्रमणमा रहेका छैटौं बीग आइकन साजन आले क्रिसमस इभमा लन्डनमा प्रस्तुत भए ।

ग्रीनफोर्डस्थित गोर्खा स्पाइस वर्ल्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा आलेले लगातार दर्जन बढी नेपाली गीत गाएर दर्शक नचाए । क्रिसमस शुभकामना दिंदै फ्लोरमै प्रस्तुत भएका आलेले दर्शकहरुलाई धित मरुन्जेल नचाएका थिए । उनको गायनमा वान्स मोर भन्नेहरु कम थिएनन् । कम बोल्ने तर गायनमा खारिएका आलेलाई सम्मान गर्नेहरुको ताँती नै लागेको थियो ।

sajan2आले र पोखरास्थित बीग एफएमका अध्यक्ष महेश भण्डारीलाई रेष्टुरेन्टका तर्फबाट सञ्चालक कृष्ण तुलाचनले सम्मान गरे । गीतकार समेत रहेका तुलाचनले पनि गीत गाए ।

sajan3रेष्टुरेन्टमै कार्यरत दीपक थापा माइथाने, तुलाचन लगायतले राष्ट्रिय गानबाट कार्यक्रम सुरु गरेका थिए ।

काठमान्डूस्थित दि ब्रिटिस कलेज र युरोपको नेपालीपत्रको सहयोगमा बेलायत आएका आले र भण्डारी ५ जनवरी नेपाल फर्कने कार्यक्रम छ । बेलायत रहँदा आलेले विभिन्न सांगीतिक प्रस्तुति दिने छन् ।