नेपाललाई १४७ रनको चुनौति

 नेपालले विश्व क्रिकेट लिग डिभिजन २ मा युगान्डासँगको पहिलो खेल जित्न १ सय ४७ रनको सामन्य लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको युगान्डालाई नेपालले निर्धारित ५० ओभरको खेलको १ बल अगाडि अलआउट गरेको हो ।

नामिबियाको विन्डहक स्थित अफिस पार्कमा कप्तान पारस खड्काले सुरुआतमै ३ विकेट लिएपछि अप्ठयारोमा परेको युगान्डा कुनै पनि समय ठुलो स्कोरतर्फ अग्रसर हुन सकेन् । पहिलो परिवर्तनको रुपमा आएका पारसले ९ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चे ।

उनलाई साथ दिदैं वसन्त रेग्मी र सोमपाल कामीले २-२ विकेट लिए । वसन्तले १० ओभरमा २ मेडन राख्दै १९ र सोमपालले ९.५ ओभरमा ३१ रन खर्चे । शक्ति गौचनले ९ ओभरमा ४ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए । युगान्डाका २ खेलाडी रन आउट भए ।

विश्व क्रिकेट लिग डिभिजन २
विश्व क्रिकेट लिग डिभिजन २

युगान्डाका ब्रायन मासाबाले ४३ रन बनाए । ७० बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । उनले डेविस कारासानी (२३) सँग पाँचौं विकेटमा ६५ रन जोडदा युगान्डाको केही आशा पलाएको थियो