काठमाडौं ३ माघ । रौतहटको गौरमा आगो ताप्नेक्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
सदरमुकाम गौर ४ मा जलेर ७५ वर्षकी वृद्धा चन्द्रकला देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति घर भित्रै आगो ताप्दै गरेकी उनको लुगामा अचानक आगो सल्किएपछि जलेर मृत्यु भएको हो ।
आगलागी पछि वृद्धा कराएको आवाज सुनेर परिवारका अन्य सदस्यहरुले आगो निभाएका थिए । मृतक वृद्धाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा राखिएकोे छ ।






