हराइरहेकी बालिकाकोबालिकाको शव फेला

 काठमाडौं  ३ माघ ।  रौतहटको टेंग्राहाबाथ १० दिनअघि हराइरहेकी बालिकाको शव फेला परेको छ । टेंग्राहा गाविस ७ का मनोज साहकी चार वर्षकी छोरी रुबी शव गाउँ नजिकैको उखुबारीमा फेला परेको हो ।

उँखु बारी नजिकै घाँस काटन गएका महिलाहरुले बालिकाको शव देखे पछि अन्य गाँउले र प्रहरीलाई खबर गरेका थिए । स्थानीय गाउँले र प्रहरीले बालिकाको शव उँखु बारीमा स्यालले खाएर क्षतबिक्षत बनाएको अवश्थामा फेला पारेका थिए ।