पत्रकार नृपेश उप्रेतीको शब्द र शर्मिला बर्देवाको स्वरको ‘मेरो ठुम्कामा’ गीतको म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक

लन्डन– नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको गीत ‘ मेरो ठुम्कामा ‘ विमोचन गरिएको छ ।

लण्डनमा आइतबार एक समारोहबीच पत्रकारद्वय नविन पोखरेल र चिरन शर्मासहित बालिका आन्शिका परियारले संयुक्त रुपमा म्युजिक भिडियो ‘ मेरो ठुम्कामा ‘ विमोचन गरेका हुन् ।m12

पत्रकार नृपेश उप्रेतीको शब्द र वसन्त सापकोटाको संगीत रहेको ‘ मेरो ठुमकामा ‘ नाच्न मिल्ने रमाइलो गीत हो । यस गीतको म्युजिक भिडियो भने बेलायत निवासी विजय घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा स्वयं विजय र चर्चित मोडल साराले अभिनय गरेका छन् । सबै दृश्यहरु बेलायत मै छायांकन गरिएको हो ।m14

विमोचन समारोहमा बोल्दै पत्रकार चिरन शर्माले राम्रो संगीतको प्रसार गर्नु सञ्चारकर्मीहरुको पनि कर्तब्य भएको बताउँदै विदेशमा कलाकारहरुलाई नेपाली संकृति झल्किने कुरा प्रस्तुत गर्नु पर्नेमा जोड दिए ।

गायिका शर्मिला बर्देवाले आफू आफ्नो देशबाट टाढा भएपनि नेपाली संगीत क्षेत्रलाई निरन्तर योगदान दिन हरेक वर्ष नयाँ शृजना दिइरहने बताइन् ।

समारोहमा पत्रकारहरु मिलन शर्मा ,शिब भण्डारी ,नारायण गाउँले , नरेन्द्र बस्नेत लन्डन नेपाल न्यूज डट कम का,डिजिटल कोअर्डिनेटर बीरेन्द्र श्रेष्ठ, मधु सुधन आचार्य लगायत सपन इन्टरटेन्मेन्टका सपन राई राई र मञ्जु गुरुङ पनि उपस्थित थिए।m13

यस गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युवमार्फत सार्वजनिक गरेको छ भने आईट्युन्टस, गुगलप्ले, अमेजन एमपीथ्री, स्पटिफाईलगायतका डिजिटल माध्यममा उपलब्ध हुने जानकारी दिइएको छ ।