नयाँ शक्ति बेलायतमा प्रबुद्ध ब्यक्तित्वहरु डा. भरत सिम्खडा र डा.चन्द्र लक्सम्बा

nayaलन्डन। नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज बेलायतमा समाजसेवी तथा प्रबुद्ध ब्यक्तित्वहरु डा भरत सिम्खडा संस्थापक सदस्य रहनु भएको थियो भने हाल  डा चन्द्र लक्सम्बा प्रवेश संगै  २ जना डाक्टरहरु पुगेका   छन ।
185x216_chandra-laksambaaaeaaqaaaaaaaaj9aaaajdq0mdqynwqwltu2m2mtndfmos05ywe1ltyxzmy2nta1nzjmnqबेलायतबाट नयाँ  शक्ति नेपालको संस्थापक सदस्य बनिसक्नु भएका डा भरत सिम्खडा निजामती सेवामा काठमाडौँ र ललितपुर  जिल्लाको जिल्ला  शिक्षा अधिकारी हुँदै  शिक्षा मन्त्रालय मातहत रहेर २१ वर्ष लामो अनुभव रहेको छ । वहाँले २१ बर्षे  सेवा अवधिमा एक परिश्रमी र कर्तब्य निष्ठ राष्ट्र सेवकको रुपमा पहिचान स्थापित गर्नु भएको थियो  त्यस पश्चात बेलायत आउनुभई युनिभर्सिटी अफ वेस्ट अफ इंगलैंड मा २ वर्ष रिसर्च फेलोको रुपमा काम गरेर हाल विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध रहदै समाजसेवामा तल्लिन हुनुहुन्छ ।
प्रजातान्त्रिक पद्दति र बिधिको शासनमा  विश्वास गर्ने सिम्खडा हालसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिनु भएको थिएन  ।  आफ्ना ज्ञान, शिप र अनुभवले राष्ट्रलाइ योगदान गर्न  सकारात्मक भएर प्रतिबद्दता प्रकट गर्दै  मुलुकको वर्तमान समस्याको  निकास अब आर्थिक समृद्धि नै रहेको ठम्याउदै यस्तै लक्ष लिएको नयाँ शक्तिको संस्थापक सदस्य बनेको बताउनु हुन्छ ।
त्यस्तै गरेर नयाँ शक्ति प्रवाश प्रदेश संरक्षक धन गुरुङ र केन्द्रिय सदस्य, युरोप तथा बेलायत संयोजक  भोला खनाल संगको बार्ता तथा सम्बाद संगै  नयाँ शक्तिमा आधिकारिक रुपमा प्रवेश साथै देश र जनताको लागि आफुले गरेको खोज, अनुसन्धान, प्राप्त ज्ञान र अनुभव रास्ट्रलाइ समर्पण गरि सम्बृद्ध नेपाल निर्माण गर्न डा बाबुराम भट्टराई द्वारा परिकल्पित नयाँ शक्तिसीत आफ्ना विचारहरू मिलेकोले नयाँ शक्तिमा प्रवेश गरेको बताउनु भयो ।
अहिले सम्म कुनै पार्टीको सदस्यता नलिएका भए पनि डा लक्सम्बा कक्षा  ७ पढ्दा देखिनै कोअर्डिनेसन् कमिटि (को. के.) को कम्युनिस्ट विचार नजिक रहेर बिध्यार्थी राजनीति गर्नु भएका लक्सम्बा  बि. स. २०३५-३६ सालको बिद्यार्थी आन्दोलनमा अमृत साइन्स कलेज (अस्कल)लाई नेतृत्व गर्नु भएको थियो। त्यसताका भएको पहिलो सम्झौताको बिरोध आन्दोलनको मोर्चामा अग्रपङ्क्तिमा रहेर संघर्ष गर्नु भएको थियो जसको दवाबले राजा विरेन्द्रबाट जनमतसंग्रहको घोषणा भयो । २०३६ सालमा पाँचौं अखिलको सम्मेलन आयोजना गर्ने मध्य एक डा लक्सम्बा तत्काल अस्कल  क्याम्पसमा स्वबियु सभापति निर्वाचित हुनुभएको थियो । त्यसपश्चात ब्रिटिश गोर्खामा १९ वर्ष अनुभव संगालेका लक्सम्बा बेलायतबाट २००५ मा पीएचडीको अध्यायन पुरा गरि बौद्धिक तथा प्राज्ञिक जीवन सुरु गरे ।
 २००६ सालमा नेपाल अध्ययन केन्द्रको संस्थापक कोअर्डिनेटर, २००६ – २००९ सम्म नेपाल अध्ययन केन्द्रले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको कोअर्डिनेटर, २००९ – २०१२ रिसर्च सहायक अक्सफोर्ड बिस्वबिद्यालय, २०१३ – २०१४ नेपाल अध्ययन केन्द्रले गरेको गोर्खा सम्बन्धि रिसर्चका टिम लिडर र २०१५ – २०१६ बिग लटरी फंडेड नेपाल अध्ययन केन्द्रको बेलायतमा रहेका नेपालीहरुको सोसीयल मोबिलिटी रिसर्च प्रोजेक्टका प्रमुख रिसर्चर, एन आर एन युकेको प्रथम उपाध्यक्ष हुदै लगातार सल्लाहकार रहदै आउनु भएका डा लक्सम्बा नेपाल अध्ययन केन्द्रका वरिष्ठ रिसर्चर हुन्।
लामो समय देखि खोज ,अनुसन्धान र समाजसेवामा लागेर खारिएका ब्यक्तिव्त्हरुको  नयशक्तिमा प्रवेश संगै वहाँहरुको ज्ञान, सिप र अनुभवले अन्तरास्ट्रिय नेपाली समाज युके लगायत सम्पूर्ण नया शक्ति टिमसंगै रास्ट्रले नै फाइदालिन सक्नेकुरा अन्तरास्ट्रिय नेपाली समाज युकेका महासचिव जगन कार्कीले बताउनु भयो ।