चलचित्र झोलेबाट जोडिएका प्रियंका कार्की र दाहाङ राईको ह्याप्पी डेज आउने भएको छ ।
हाउ फन्नी, फन्कोलगायतका चलचित्रमा पनि सँगै देखिएका उनीहरुको अब ह्याप्पी डेज आउने भएको हो । केहि दिन अघि मात्र केकीसँग पर्दामा जोडी बन्ने घोषणा गरेका दयाले अन्ततः प्रियंकासँगै ह्याप्पी डेज गर्ने भएका हुन् । अहिले दोश्रो सातामा प्रर्दशनरत चलचित्र वीर बिक्रमका निर्देशक मिलन चाम्सले दया र प्रियंकाको ह्याप्पी डेज लण्डनमा हुने बताएका छन् ।
लण्डनमा छायाँकन हुने ह्याप्पी डेजले दया र प्रियंकको जीवनमा पनि रमाईलो थप्नेछ । वीर बिक्रमको सफलतासँगै हौसीएका उनले केहि दिन पछि मिडियामा औपचारीक जानकारी गराउने बताएका छन् । विर बिक्रम अघि मिलनले चलचित्र हँसीया निर्देशन गरेका थिए ।






