कर्मचारी सरुवा अलपत्र, नियमावली संशोधन गर्नुपर्ने

काठमाडौं–मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइले कर्मचारीहरुको सरुवाका लागि फेरि नियमावली संशोधन गर्नुपर्ने भएको छ ।

यसअघि भदौ पहिलो साता मन्त्रिपरिषदले पूर्णता पाउने अनुमान गर्दै सामान्य प्रशासन मन्त्रालयले भदौं १५ गतेसम्म सरुवा गर्न सकिने गरी नियमावली संशोधनको प्रस्ताव लोकसेवा आयोगमा पठाएको
छ ।

तर कांग्रेसका १३ जना मन्त्रीले शुक्रबार मात्रै शपथ लिएकाले अब फेरि कर्मचारी सरुवाको समयसीमा केही दिन धकेल्नुपर्ने भएको छ ।

निजामी सेवा ऐनको नियममावलीअनुसार कर्मचारीहरुको सरुवा प्रत्येक वर्ष साउन मसान्तसम्ममा गरिसक्नुपर्छ ।