अमेरिकाको टेक्ससमा कैदी बोकेको बस र रेल एक-आपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ । १२ जना बिरामी कैदीलाई उपचार गर्न अस्पताल लैजानेक्रममा बसले नियन्त्रण गुमाउँदा विपरित दिशाबाट आएको रेलसँग ठोक्किएको थियो । दुर्घटनामा ८ कैदी र दुई कारागारका प्रशासक मारिएको बताइएको छ भने दुईजना घाइते भएका छन् । घटनालगत्तै मृतकका परिवारले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
कैदी बोकेको बस र रेल जुध्दा १० जनाको मृत्यु






