काठमाडौं– प्रधानमन्त्री प्रचण्डको विशेष प्रतिनिधीको रुपमा चिन र भारत भ्रमण सकेर फर्केका उप–प्रधानमन्त्रीद्वय कृष्ण बहादुर महरा र विमलेन्द्र निधीले मन्त्रिपरिषद्लाई भ्रमणको उपलब्धिबारे ब्रिफिङ गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा भ्रमणबारे जानकारी दिँदै महरा र निधीले चीन र भारत दुवैले बर्तमान सरकार परिवर्तन र सरकारको प्राथमिकतालाई सकारात्मक चासोका साथ हेरेको बताएका हुन् ।
‘आजको बैठकमा चीन र भारत भ्रमण सकेर फर्केका उप–उप–प्रधानमन्त्रीहरु कष्ण बहादुर महरा र विलमेन्द्र निधीले त्यहाँका सरकार, नागरीक समाज र राजनीतिक दलले नेपालको नयाँ सरकार प्रति सदास्यता राखेको व्रिफिङ गर्नुभो’ सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री राम कार्कीले भने, ‘त्यस्तै आजको क्याविनेटले राष्ट्रिय विपद् प्रतिकार्य ढाँचा विद्येयक तयार गरेर सम्बन्धित समितीमा पठाएको छ ।’
त्यस्तै सरकारले अप्राकृतिक रुपले मूल्य बढाउने र कालोबजारी तथा मिसावटलाई नियन्त्रण गर्न प्रधानन्त्रीको निर्देशनमा गएको अनुगमन टोलीले कारवाही तिब्र पारेकोमा प्रशंसा गर्दै औषधी ब्यवस्था विभाग अन्तर्गत नौ वटा, स्वास्थ्य सेवा विभाग अन्तर्गत ११ वटा, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग अन्तर्गत ३२ वटा र आपुर्ति तथा स्थानिय प्रशासन अन्तर्गत ३८ वटा फर्म तथा संस्थाहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।






