लन्डनमा छुरा प्रहारबाट एकको मृत्यु, पाँच घाइते

Twitter picture of the scene in Russell Square after a stabbing pic: StuartKenny33
 picture of the scene in Russell Square after a stabbing

लन्डन, बेलायतको राजधानी सहर लन्डनको मुख्य भाग रसल स्क्वायरमामा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा एक महिलाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । प्रहरीले उक्त घटना आतंकवादी आक्रमण हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ ।

छुरा प्रहारको घटनामा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । छुरा प्रहारको यो घटना ब्रिटिस म्युजियम र लन्डन विश्वविद्यालयको नजिक भएको हो ।
हत्या गरिएकी ती ६० वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । अन्य घाइतेको अवस्थाका बारेमा केही बताइएको छैन । पक्राउ परेका व्यक्तिको पनि प्रहरी सुरक्षामा अस्पतालमा उपचार भइरहेको छ ।
“प्रारम्भिक अनुसन्धानमा छुरा प्रहारमा संलग्न व्यक्तिको मानसिक स्थिति ठीक नरहेको पाइएको छ तर हामी यो घटना आतंकवादबाट अभिप्रेरित रहे नरहेको जाँच गर्दैछौं,” प्रहरी अतिरिक्त उच्चायुक्त मार्क राउलेले एक वक्तव्य जारी गर्दै बताएका छन् । घटनापछि सुरक्षा चेकजाँच बढाइएको बिबिसीले जनाएको छ ।